२४ मंसिर २०७९, शनिबार

नेपाल–खनाल समूहले काठमाडौंमा बनायाे समानान्तर कमिटी



नेकपा एमालेको नेपाल–खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी गठन गरेको छ । नेपाल–खनाल समूहले आज (आइतबार) काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।

खनाल–नेपाल समूहले काठमाडौं जिल्ला अध्यक्षमा वसन्त मानन्धर, उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठलाई चयन गरेको छ । बुद्धनगर पार्टी प्यालेसमा भेला आयोजना गरिएको छ । मानन्धर एमालेको बागमती प्रदेश कमिटी सदस्य समेत हुन् । एमालेकै ओली समूहका जिल्ला अध्यक्ष भने कृष्ण राई छन् ।

भेलालाई वरिष्ठ नेताद्वय नेपाल, खनाल, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतले सम्बोधन गरेका थिए । शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण अभियान घोषणा गरेको थियो ।

नेपाल खनाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललगायत चार नेतालाई पार्टीबाट ६ महिना निलम्बन गरेसँगै नेपाल–खनाल समूहले समानान्तर कमिटी गठनलाई तीब्रता दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको