१५ मंसिर २०७८, बुधबार

माओवादी छोडेर एमाले बनेका दुई सांसदलाई पदबाट हटाउन दाहालको पत्र



काठमाडौं : नेकपा एमालेमा लागेका दुई प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ । रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीलाई कारबाही गरेको पत्र माओवादीले आइतबार प्रदेशसभा सचिवालयमा बुझाएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभा सदस्यद्वय न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र प्राप्त भएको जानकारी दिनुभयो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेताद्वय पन्थी र न्यौपाने प्रधानमन्त्री ओलीको पक्षमा उभिनुभएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादीमा नफर्किएर एमालेमै रहने बताउँदै आएका थिए । माओवादी केन्द्रले पार्टीमा फर्किन न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरूले आफूहरू एमालेमै रहने निर्णयमा पुगेकाले स्पष्टीकरणको जवाफ दिनु नपर्ने बताएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक वसन्त घर्ती मगरले स्पष्टीकरणको जवाफ नआएपछि सांसदद्वय न्यौपाने र पन्थीलाई कारबाही गरिएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको