६ आश्विन २०८०, शनिबार

कोशिष क्षेत्रीको गीतमा मिस्टर नेपाल सन्दिपको अभिनय (भिडियोसहित)



२२ चैत्र, काठमाडौं । चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा ‘बिहानी पख’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गत सोमबार थोत्रो प्रोडक्शन युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कोशिषकै शब्द संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । स्टुडियो फिलमा कुमार केसीले रेकर्ड गरेको गीतको ध्वनी सम्पादन अशोक महर्जनले गरेको हुन् । गीत कसरी तयार भयो भन्ने सन्दर्भमा रारापाटीसँग कुरा गर्दै गायक क्षेत्रीले बिहान उठ्ने बित्तिकै आफुसँगै निदाएको गीतार हातमा लिएर मानस्पटलमा फुर्दै गएका शब्दहरूमा संगीत भरेको बताए । उनले भने, ‘यस्तो विधाका गीत गाउन मलाई एकदमै मन पर्छ । यस्ता गीतमा आफु अझै खुल्न सकेको महशुस हुन्छ ।’

सफ्ट रोमान्टिक शैलिको यो गीतको भिडियोमा सन् २०१५ को मिस्टर नेपाल टाइटल विजेता सन्दिप पोखरेल र पुजा केसीको अभिनय हेर्न सकिन्छ । मिस्टर नेपाल पाखरेलले आधिकारिक रूपमा पहिलो पटक गीतको भिडियोमा अभिनय गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियाँमा छायाँकन गरिएको भिडियोमा आलोक शर्माको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गायका क्षेत्रीले नै तयार पारेको कथाबस्तुमा प्रकाश थापाले गीतको भिडियो निर्देशन गरेका हुन् ।

बहुप्रतिभाशाली सर्जक कोशिष क्षेत्री करिब दुई दशक देखि नेपाली संगीत र चलचित्र क्षेत्रमा सक्रिय छन् । पहिलो चलचित्र ‘मोक्ष’ बाटै उत्कृष्ट नव अभिनेतासहित ४ वटा राष्ट्रिय अवार्ड जितेका क्षेत्रीले आधा दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेका छन् । त्यस्तै सन २०२० मा आयोजित दुबै अवार्डमा पनि क्षेत्रीलाई बहुप्रतिभा अवार्डद्वारा सम्मान गरिएको थियो । आफैले अभिनय गरेको चलचित्र ‘पर्व’ का लागि संगीत गरेको गीत कालेदाई सुपरहिट भएपछि उनी संगीतकारका रूपमा पनि उत्तिकै व्यस्त छन् । चलचित्र र अन्य गरी दर्जन बढि हिट गीतमा संगीत भरिसकेका छन् ।

दुई हप्ता अघि रियालिटी गायन प्रतिस्पर्धा ‘भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिशनमा गाइएको गीत ‘पियारी’ का संगीतकार पनि कोशिष क्षेत्रि नै हुन् । जुन गीत युट्युव, फेसबुकदेखि टीकटकसम्म सर्वाधिक रूचाइएको छ ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको