कर्णालीमा एमाले संसदीय दलको बैठक बस्दै
नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक आज बस्दै छ। दिउँसो एक बजे संसदीय दलको बैठक तोकिएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। उक्त बैठकले गरेको निर्णयमा माधवकुमार नेपाल पक्षका सांसदहरूले भने सहमति जनाएका थिएनन्।
आजको बैठकमा भने नेपाल पक्षका सांसद पनि सहभागी हुने नेबताइएको छ ।