१० आश्विन २०७८, आईतवार

फ्रान्समा तेस्रोपटक लकडाउन, बेलुका ७ देखि बिहान ६ बजेसम्म कफ्र्यू



फ्रान्समा तेस्रोपटक लकडाउन भएको छ । कोरोना भाइरस महामारीको तेस्रो लहरको सामना गरिरहेको फ्रान्समा संक्रमण नियन्त्रणको प्रयास स्वरुप तेस्रोपटक लकडाउन भएको हो । पछिल्ला दिनमा संक्रमण तथा गम्भीर बिरामीको संख्या तीव्र गतिमा बढ्दा अस्पतालहरुमा आइसियू तथा शैय्याहरुको अभाव हुन थालेको छ ।

नयाँ लकडाउन अनुसार चार हप्ताका लागि सबै विद्यालय तथा अत्यावश्यक बाहेकका पसल बन्द हुने छन् । यस्तै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू लागु हुनेछ ।

शुक्रबार कोभिड–१९ का गम्भीर बिरामीको संख्या आइसियूमा १४५ ले थपियो । यो पछिल्लो पाँच महिना यताकै सबैभन्दा धेरै हो । राष्ट्रपति इम्यानुएल म्याक्रोँले अस्पतालहरुलाई कोभिड–१९ का बिरामीका लागि थप शैय्या उपलब्ध गराउने बताएका छन् ।

फ्रान्समा अहिले झण्डै पाँच हजार मानिस आइसियुमा छन् । शुक्रबार एकै दिन ४६ हजार ६७७ जनामा संक्रमण पुष्टि भयो भने ३०४ जनाको ज्यान गयो । लकडाउन अन्तर्गत शनिबारदेखि मंगलबारसम्म १० किलोमिटर भन्दा परको यात्राका लागि मानिसहरुले उपयुक्त कारण प्रस्तुत गर्नु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको