बारपाकमा जीप दुर्घटना: दुई शिक्षकको मृत्यु, सात जना घाइते
काठमाडौंः गोरखाको बारपाकमा यात्रुबहाक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने सात जना घाइते छन्ना । बारपाक घुमेर फर्कंदै गर्दा ५ च ३२९८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनु भयो । अन्य घाइतेहरू पनि सोही विद्यालयका शिक्षक हुन् । दुर्घटनामा परेर उक्त विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडीको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो। अस्पतालले गए राति उनीहरूलाई मृत घोषणा गरेको छ।
जीप सडकबाट खसेको करिब ५० मिटर तल दरौंदी नदी किनारमा पुगेको छ। घाइतेहरुकोहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ।