१७ श्रावण २०७८, आईतवार

सरकार फेरिने दुई संकेत



काठमाडौं :अब केही दिनमा सरकार फेरिने संकेत देखा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौत दिएलगत्तै केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने बताएका छन् ।

शनिबार कपिलवस्तुमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीतिले कोल्टे परेको बताए । उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फे¥यो, कांग्रेसको निर्णयपछि अब छिट्टै अब नयाँ सरकार बन्छ ।’

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो । प्रचण्डले जनता समाजवादी पार्टी ९जसपा० ले मधेसविरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएको पनि बताए ।

ओलीले राजीनामा नदिए कांग्रेसले अविश्वास प्रस्ताव ल्याउँछः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने उल्लेख गरे ।

‘उहाँले राजीनामा दिनु हुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं’, पौडेलले भने । सरकार बाहिर रहेका, प्रतिगमनविरुद्ध संघर्ष गरेका र संसद् पुनः स्थापनाका लागि आवाज उठाएका दलका बीचमा सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ थियो ।

माथिका दुई शीर्ष नेताको भनाइले पनि अब सरकार परिवर्तनको संकेत गर्छ । शुक्रबार कांग्रेसले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु