१ आश्विन २०७८, शुक्रबार

खनाल–नेपाल पक्षले बोलायो स्थायी कमिटीको बैठक



२० चैत,काठमाडाैं । नेकपा (एमाले) माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ। कलंकीस्थित मेगा बैंक्वेटमा आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी रूपमा विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि नेपाल–खनाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा जुटेको छ।

हिजो मात्रै कास्किमा समानान्तर जिल्ला कमिटी गठन गरिएको छ। नेता माधवकुमार नेपालसहित गएर त्यहाँ समानान्तर कमिटी गठन गरिएको हो। यो समूहले केन्द्रदेखि गाउँ तहसम्म कमिटी विस्तार गरेर अगाडि बढ्ने रणनीति बनाएको छ।

ओलीले यो समूहका नेता माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए। चित्त बुझ्दो जवाफ नआएको र गुटबन्दी गरेको तथा पार्टी हित विपरीत काम गरेको भन्दै ६ महीनाका लागि चारै जनालाई निलम्बन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको