२० जेष्ठ २०८०, शनिबार

देवदार नर्सरीबाट लाखौं आम्दानी गर्दै सभासद् कोइराला



१३ भाद्र, काठमाडौं । नेपाल मजदुर किसान पार्टीबाट समानुपातिक कोटामा पहिलो संविधान सभामा सभासद् भएका नवराज कोइराला २०६९ जेष्ठ १४ गते पदमुक्त भए । त्यसपछि उनले २०७० वैशाख १६ गतेबाट आदर्श विरुवा स्वस्थ बोट नर्सरी उद्योग प्रा.लि. स्थापना गरी बोट विरूवाहरू विक्री वितरण गरी राम्रो आम्दानी गर्दै आइरहेका छन् । कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ९ भात्तडीमा उनको नर्सरी रहेको छ । फलफूल र डाले घाँसका नर्सरीहरू त अरू धेरै मानिसले गर्दै आइरहरहेका नै छन् । तर सभासद् कोइरालाले यसका अलावा धार्मिक, सांस्कृतिक, औषधी र निकै बलियो काठका रूपमा रहेको देवदार (स्थानीय नाम देयार) को नर्सरी सुरुवात गरे ।

पञ्चायत कालमा उनले भारतका ठुल्ठुला ठेकादारहरूले यहाँको स्थानीय ठालु र प्रशासनसँगको मिलेमतोमा देवदारका काठहरूले कर्णाली नदी नै छोपिने गरी बगाएर लगेको देखेका थिए । पछि वि.सं. २०५८ देखि २०६४ सम्म खासगरी सशस्त्र द्वन्द्वकालमा पनि थुप्रै देवदारका रुखहरू काटेर सुर्खेत–नेपालगञ्ज ओसारपसार गरी आफ्ना निजी घरहरू बनाएको कुरा पत्ता लाग्यो । त्यसपछि उनले हिमाली जिल्लामा सबैभन्दा महत्वपूर्ण काठ देवदार भएकाले संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले नर्सरी सुरुवात गरेका हुन् ।

पञ्चायत कालमा उनले भारतका ठुल्ठुला ठेकादारहरूले यहाँको स्थानीय ठालु र प्रशासनसँगको मिलेमतोमा देवदारका काठहरूले कर्णाली नदी नै छोपिने गरी बगाएर लगेको देखेका थिए । पछि वि.सं. २०५८ देखि २०६४ सम्म खासगरी सशस्त्र द्वन्द्वकालमा पनि थुप्रै देवदारका रुखहरू काटेर सुर्खेत–नेपालगञ्ज ओसारपसार गरी आफ्ना निजी घरहरू बनाएको कुरा पत्ता लाग्यो । त्यसपछि उनले हिमाली जिल्लामा सबैभन्दा महत्वपूर्ण काठ देवदार भएकाले संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले नर्सरी सुरुवात गरेका हुन् । सभासद् कोइरालाले ‘१ परिवार ५ देवादार’ अभियान सुरुवात गरेपछि त्यस क्षेत्रका धेरै घरहरूले आफ्नो निजी जग्गा वा वनमा देवदार वृक्षारोपण गरिरहेका छन् ।

सबैभन्दा पहिला २०७० सालदेखि १ कट्ठा जग्गामा नर्सरी स्थापना गरी १२ हजार देवदारका विरुवा उत्पादन गरे तापनि उक्त वर्ष कम विक्री भएको कोइरालाले बताए । उनले जङ्गलबाट देवदारका वियाँ सङ्कलन गर्न लगाई वनको राम्रो कुमारी माटोबाट पोली व्याग बनाएर बोट उमार्ने गर्दछन् । कोइरालाले देवदार र स्याउका प्रति विरूवा ४० रूपैयाँका दरले विक्रि गर्ने गरेका छन् । उनले वार्षिक करिव ५ लाख बराबरका देवदारका विरूवा विक्री वितरण गर्ने गरेको बताए । देवदारका विरूवाहरू सामुदायिक वन उपभोक्ता समिति र स्थानीय तहहरूले खरिद गर्ने गरेका छन् । सरकारी र अन्य संयन्त्रबाट यसलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि खासै चासो नदिएकाले अहिले ५ आना जग्गामा २५ सय विरुवाहरू मात्र उत्पदान गरेको उनले बताए ।

उनका अनुसार १०० वर्ष पुगेको देवादार तामा बराबर र त्यसभन्दा बढि छिप्पिएको देवदारको काठको महत्व तामाभन्दा पनि बढि हुन्छ । देवदारको टिकाउपनाका विषयमा कर्णाली क्षेत्रमा उखान नै छ –‘हजार बर्ष खडी, हजार बर्ष पडी, हजार बर्ष सडी ।’

औद्योगिक सम्भाव्यता भएको देवादारको संरक्षण र प्रवद्र्धन गर्नका लागि निजी क्षेत्रको प्रयासले मात्र नपुग्ने कुरा सभासद् कोइरालाले बताए । उनी यस काठको महत्व राम्रोसँग बुझाएर संरक्षण र प्रवद्र्धनमा राज्यले पनि विशेष ध्यान दिन जरूरी ठान्दछन् । उनी हजारौं वर्षसम्म नकुहिने र किरा नलाग्ने काठका रूपमा रहेको देवदारको मानिसहरूले निजी वनमा वृक्षारोपण गर्न सुझाउँछन् । उनका अनुसार १०० वर्ष पुगेको देवादार तामा बराबर र त्यसभन्दा बढि छिप्पिएको देवदारको काठको महत्व तामाभन्दा पनि बढि हुन्छ । देवदारको टिकाउपनाका विषयमा कर्णाली क्षेत्रमा उखान नै छ –‘हजार बर्ष खडी, हजार बर्ष पडी, हजार बर्ष सडी ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको