२० जेष्ठ २०८०, शनिबार

जानकीदेवी राम नेकपा एमालेकी सांसद



१९ चैत, काठमाडौं । सिराहकी जानकीदेवी राम नेकपा एमालेकी समानुपातिक सांसद् बनेकी छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले जानकीदेवीलाई सांसद्मा निर्वाचित गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सानु सिवाको निधन भएपछि रिक्त स्थानमा जानकीदेवीलाई सांसद बनाउन सिफारिस गरेको थिए । अब आयोगले सो निर्णयबारे संसद सचिवालयलाई जानकारी गराउनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको