१२ आश्विन २०८०, शुक्रबार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने र निर्णय लिन सकिने एक स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको