६ आश्विन २०८०, शनिबार

भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो



१९ चैत, काठमाडौं । बुधबार बिहान आकाश खुलेपछि प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौंसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।

मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन, बिहीबारदेखि उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको