२० माघ २०७९, शुक्रबार

महोत्तरीमा गोली चल्यो



१९ चैत, महोत्तरी । औरही नगरपालिका –४ स्थित सेरामा गोली चल्दा एक जना घाइते भएका छन् । गोली लागी बर्दिवास १ का रोशन कोइराला घाइते भएका प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाको टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । उनका अनुसार अज्ञात समूहले चलाएको २ वटा गोली कोइरालालाई लागेको छ ।

कोइरालाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको रेग्मीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मोटरसाइकलमा सवार कोइरालालाई अज्ञात समूहले चलाएको कटुवा पेस्तोलको गोली लागेको रेग्मीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको