२१ जेष्ठ २०८०, आईतवार

बागलुङ होली घटना : ४८ घण्टापछि ४ जना स्थानीय पक्राउ



१७ चैत, काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आंशकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मंगलबार साँझ बडिगाड–१० का ४ जना स्थानीय युवालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न रहेको आरोपमा ४ जना स्थानीयलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ पठाइएको छ ।

‘अहिले हामीले भन्न मिल्दैन, अनुसन्धान प्रभावित हुन्छ, एक प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइ उनीहरुको स्वास्थ्य जाँचपछि थप अनुसन्धान अघि बढ्छ ।’

घटनामा पक्राउ परेका आरोपीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

आइतबार होली खेल्ने क्रममा युवतीलाई जबजस्ती रंग लगाइदिँदा उत्पन्न झडपमा दुई जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ हुन् । उनीहको शव घटनास्थलभन्दा करिब ५ सय मिटर तल जंगलमा फेला परेको थियो ।

घटनामा ज्यान गुमाएका दुई जनाको पोष्टमार्टम गरिएको छ । परिवारको सहमतिमा उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको हो । बुधबार शव आफ्न्तको जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको