१७ आश्विन २०८०, बुधबार

बागलुङ घटना : युवतीलाई जबरजस्ती रंग लगाउँदा हत्या !



१७ चैत, काठमाडाैं । बागलुङको बडिगाड गाउँपालिका–१० बल्देधुरीमा आइतबार साँझ दुई युवकको शव भेटियो । प्रहरीका अनुसार निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको हो ।

स्थानीयले गोरेटो बाटोमुनि अर्धचेत अवस्थामा दुई युवक पल्टिरहेको बताएपछि प्रहरी घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो। घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले घटनाको कारण भने एक समूहकी युवतीलाई अर्को समूहका युवकले जबरजस्ती रङ दल्दा निस्किएको परिणमाको रुपमा औंल्याएको छ।

घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले भने, ‘अहिलेसम्मको अनुसन्धानले हत्याको मुख्य कारण युवतीलाई जबरजस्ती रङ दल्नु नै देखिएको छ।’

बागलुङको बडिगाड गाउँपालिका र निसिखोला गाउँपालिकाको सिमाना हो घटना भएको ठाउँ बल्देधुरी। उक्त ठाउँमा हरेक वर्ष होलीका दिन मान्छे जम्मा भएर रमाइलो गर्दै होली मनाउने चलन छ। आइतबार पनि बडिगाड गाउँपालिका–१० का युवाहरू होली खेल्न बल्देधुरी पुगेका थिए। उक्त ठाउँमा निसिखोला गाउँपालिका–७ का युवाहरू पनि पुगेका थिए।

निसिखोला गाउँपालिका–७ का युवाहरू बल्देधुरी जाने क्रममा दर्लिङका स्थानीयहरुलाई गाली गर्दै बल्देधुरी पुगेका थिए। बल्देधुरीमा पहिल्यै बडिगाड–१० का केही युवा र युवतीहरू होली खेलिरहेको र उक्त ठाउँमा गएर निसिखोलाका युवाहरूले युवतीलाई जबरजस्ती रङ दलेपछि झडप भएको बडिगाड–१० का वडाध्यक्ष बिरेन्द्रकुमार बुढामगरले बताए ।

जबरजस्ती रङ बदेपछि विवाद सुरु भएको थियो। त्यसपछिको झडपमा दुई युवकको ज्यान गएको बताइएको छ। प्रहरीले गरेको अहिलेसम्मको अनुसन्धानमा पनि जबरजस्ती रङ दल्नु र अत्यधिक मदिरा सेवन मुख्य कारण देखिएको बताएको छ। ‘दुवै समूहका युवाहरूबीच झडप भएको भन्ने बुझिएको छ। पूर्वरिसिइबी तथा योजनाअनुसार भन्दा विवादपछि उत्पन्न भएको झडपका कारण मृत्यु भएको हाम्रो प्रारम्भिक अनुसन्धान छ’, डिएसपी हवारीले भने।

झडपका कारण दुई युवकको ज्यान गएपछि आइतबार नै जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट एसपी कृष्णबहादुर पल्लीमगरसहितको टोली घटनास्थल पुगेको थियो। घटनामा को(को संलग्न थिए, कसरी घटना भयो भन्नेबारे अनुन्धान भइरहेको एसपी पल्लीमगर बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको