५ कार्तिक २०७८, शुक्रबार

नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘यो मुक्तभूमि, हो बुद्धभूमि’ गीत सार्वजनिक



१३ भाद्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवम् प्रभावशाली नेता वामदेव गौतमको रचनामा ‘यो मुक्तभूमि, हो बुद्धभूमि’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । शुक्रबार आङ्गोल क्रियशन युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

नेता गौतमका राष्ट्र बोकेका शब्दहरूमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले संगीत भरेका छन् । गीतमा मनोहर सुनामको संगीत संयोजन र रोशनराज गुरूङ, अञ्जना गुरूङ, र माण्डवी त्रिपाठीलगायतको स्वर छ ।

डिग्र गुरूङको छायाङ्कन रहेको गीतको भिडियो निर्देशन एवम् सम्पादन जीवन थापाले गरेका हुन् ।
हरिशदेव गौतमको प्रस्तुतीम बजारमा आएको राष्ट्रिय गीतको भिडियोमा बालकलाकारका साथमा स्वयम् वामदेव गौतमले पनि अभिनय गरेका छन् । हालसम्म ४३ वटा गीत रचना गरिसकेका गौतमको यो गीतमा हाम्रो देशको प्राकृतिक सुन्दरता, कला–संस्कृति, भेषभूषा, देशको सार्वभौमिकता र शान्तिका प्रतिमूर्ति गौतम बुद्धलाई समेटिएको छ ।

राजनीतिमा होमिएका नेताहरू नै भोली साहित्य, कला, संस्कृति जगेर्ना गर्ने ठाउँमा पुग्ने भएकाले वामदेव गौतम जस्तै अरू नेतागणहरूको पनि गीत, संगीत र साहित्य सिर्जनाप्रति व्यवहारिक झुकाव हुनु जरूरी छ । राज्यको गहना भनिने कलाकारहरू आवश्यकता परेका बेला सजावटका सामग्री मात्रै बनाइएका छन् । वास्तवमा राज्य विगतदेखि नै सर्जक, कलाकारप्रति उदासिन बन्दै आएको छ ।

गीतको भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको