फुटबल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाँदै
१६ चैत, काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् ।
फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन् । फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
साँझ साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताए ।