२० श्रावण २०७८, बुधबार

तालिका बनाएर आउन थाल्यो मेलम्चीको पानी, कहाँ कति बजे ? (विवरणसहित)



१६ चैत, काठमाडौं । मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकांलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु