२ आश्विन २०८०, मंगलवार

बागलुङमा होली खेल्नेक्रममा झडप, कांग्रेस नेतासहित दुई जनाको मृत्यु



१६ चैत, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० बल्देधुरीमा होली खेल्नेक्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको हो । उनीहरुको शव प्रहरीले आइतबार साँझ भीरमा भेटाएको थियो । कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् ।

होली खेल्ने क्रममा झडप हुँदा उनीहरूले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एसपीको टोली घटनास्थलमा पुगिसकेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको