६ आश्विन २०८०, शनिबार

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ गायक बस्नेत र संगीतकार गुरुङलाई



१५ चैत्र, काठमाडौं । भक्तराज आचार्य संगीत प्रतिष्ठानले वरिष्ठ लोकगायक कुमार बस्नेत तथा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ बाट सम्मानित गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोगमा शनिबार ललितपुरस्थित म्याक्सिम पार्टी प्यालेसमा आयोजित एक भव्य समारोहका बिच गायक बस्नेत र संगीतकार गुरुङलाई सम्मानित गरिएको हो ।

श्रस्ठाद्वय बस्नेत तथा गुरुङलाई ताम्रपत्र र जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा भक्तराजका छोराहरू प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यले प्रत्यक्ष बाद्ययन्त्रका साथमा आफ्नै बुवाका ४ वटा कालजयी गीतहरू गाएका थिए । साथै नव प्रतिभा रञ्जित नेपालीले एउटा कुमार बस्नेतको स्वरमा रहेको र अर्को प्रकाश गुरूङको संगीतमा रहेको गीत गरी दुई वटा गीत गाएका थिए ।

कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रका मुर्धन्य श्रष्ठाहरू वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ संगीतकार राजु सिंह, साहित्यकार विप्लव प्रतिक, गायक उदय सोताङ, मनिला सोताङ, गायिका देविका बन्दनालगायत नयाँ, पुराना पुस्ताका दर्जनौँ कलाकारको बाक्लोउपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको