भाजपाका सांसद कुटिए
१५ चैत, काठमाडौं । भारतमा विवादित कृषि कानुनको समर्थन गर्ने सांसद कुटिएका छन्। किसानहरूको भीडले भाजपा सांसदलाई कुटपिट गरेका हुन्।
शनिबार पंजाबको मालोटमा विधायकसँग दुर्व्यवहार गरिएको हो। किसानहरूले विधायक अरुण नारंगलाई पिटेको र उनको कपडा च्यातिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनापश्चात् पुलिस प्रशासनले घेरा हालेका थिए। प्रहरीले किसानको भिडबाट नारंगलाई बचाउन पसलमा लुकाएका थिए । भाजपा विधायकसँगको उक्त लफडाको भिडियो अहिले सोशल मिडियामा धेरै भाइरल भएको छ।
भाजपा सांसद नारंग कृषि कानूनको समर्थनमा पत्रकार सम्मेलन गर्न मलोत पुगेका थिए। जब किसानहरूले उनी आएको थाहा पाए, तब मालोटको भाजपा कार्यालय बाहिर जम्मा भए। किसानहरू जम्मा भएको देखेर पुलिसले विधायकलाई बाहिर निकाल्न सुरु गरे। जब उनी बाहिर निस्किँदै थे भिडले उनलाई आक्रमण सुरु गरेको थियो।