महासंघको अध्यक्षमा पाँच जनाको उमेदवारी, अन्यमा को–को ?
१५ चैत, काठमाडाैं । नेपाल पत्रकार महासंघको २६ अधिवेशनमा पाँच जनाले अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् । चैत ५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन पत्र दर्ता गरिएको हो ।
अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उमेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिएका छन् ।
यस्तै महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुबोध गौतमले उमेदवारी दिएका छन् ।