२१ मंसिर २०७८, मंगलवार

श्रीमतीको हत्यामा श्रीमान समातिए



१३ चैत, इलाम । श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको