२० श्रावण २०७८, बुधबार

ठूलो नोक्सानी हुने भन्दै योगेश भट्टराईले भने– ‘एमाले एकताका लागि लचिलो हुनुपर्छ’



१३ चैत, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट बचाउन सम्बन्धित सबैले सक्दो प्रयास गर्नुपर्ने बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठकमा आफ्नो पक्षका सांसद पनि सहभागी हुने संकेत देखिएपछि नेता भट्टराईले थोरै लचकता अपनाएर भए पनि पार्टी एकता जोगाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ,’ संसदीय दलको बैठकको पूर्वसन्ध्या बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले चेतावनी दिएका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दसकौं पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’

ओलीको आह्वानमा आज दिउँसो संसदीय दलको बैठक बस्दै छ। जसमा नेपाल पक्षले पनि सहभागी हुने संकेत देखाएको छ। यसअघि नेपाल पक्षले ओलीले राखेको हरेक बैठक बहिष्कार गरिरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु