६ आश्विन २०८०, शनिबार

चर्चित म्युजिक एरेन्जर उदयराज पौडेलले गाए ‘काठमाडौं बजार’ (भिडियोसहित)



१२ चैत्र, काठमाडौं । चर्चित म्युजिक एरेन्जर तथा गायक उदयराज पौडेलको स्वरमा ‘काठमाडौं बजार’ बोलको गीत सार्वजनिक भएको छ । आज (शुक्रबार) बिस्ट प्रोडक्शन युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दर्जनौँ चर्चित नेपाली गीतमा संगीत संयोजन गरिसकेका उत्कृष्ट म्युजिक एरेन्जर पौडल उत्तिकै कुशल गायक एवम् संगीतकार पनि हुन् । यसअघि आफ्नै स्वर/संगीतमा उनले ‘चिटिक्क’ बोलको गीत बजारमा ल्याएका थिए । आज सार्वजनिक ‘काठमाडौं बजार’ गीतको शब्द सबिन एकतारेले लेखेका हुन् । सुशान्त गौतमको संगीतमा उदयराजको संगीत संयोजन र गायकी दुबै खुलेको छ । गीतको ध्वनि सम्पादन भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।

भिडियोको छायाँकन बाहेक कथाबस्तु लेखन, नृत्य निर्देशन, निर्देशन र सम्पादन समेत सबिन कार्की ‘बिस्ट’ले गरेका हुन् । भिडियोमा सबिन कार्कीसँगै विपना थापा, सञ्जय कार्की र गीतका गायक उदयराज पौडेलको समेत अभिनय हेर्न सकिन्छ ।

आज अपरान्ह सार्वजनिक गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म १ लाख ५९ हजार बढि दर्शकले हरिसकेका छन् । युट्युवमा दर्शकको लाइक र प्रतिक्रिया प्रतिक्रिया हेर्दा गीत रुचाइएको देखिन्छ ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको