१४ आश्विन २०८०, आईतवार

माओवादी शक्तिबीच एकताका लागि किरातीले लेखे पत्र



१२ चैत, काठमाडाैं । गोपाल किरातीले सबै माओवादी समूहलाई एकतामा आउन भन्दै पत्राचार गरेका छन् ।

सबै माओवादी शक्तिबीच एकताका लागि केन्द्रका अध्यक्ष किरातीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्र विक्रम चन्दलाई पत्राचार गरेका हुन् ।

निर्वाचन आयोगमा माओवादी केन्द्र दर्तासमेत गरेका किरातीले पूर्वमाओवादीहरूलाई एक हुन आह्वान गर्दै पत्र पठाएको जानकारी दिए । उनकाअनुसार दाहालले पत्रको प्रारम्भिक प्रतिक्रियासमेत दिएका छन् ।
मातृका यादवले प्रचण्डको जुटौं भन्‍ने सन्देश सुनाएका थिए ।

किरातीले देश भयानक दुर्घटनातर्फ जान लागेको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै पूर्वमाओवादीहरू एक हुनुपर्ने बताए । वैचारिक विषयमा भने छलफल गर्दै जान सकिने विकल्प आफूले अघि सारेको उनले बताए ।

‘देश भयानक दुर्घटनातर्फ जाँदैछ भन्‍ने देखिदिन्छ । अब के गर्न त ? विप्लवजी पनि सडक आन्दोलनमा भर्खर आउनु भयो,’ उनले भने, ‘हामीले के भनेका छौं भने प्रचण्डजी, बाबुराम, विप्लव र हामी समाजवाद भन्छौं । प्रकारहरू फरक होलान् । वैद्यजीले जनगणतन्त्र भन्नुहुन्छ । त्यस कारण समाजवाद र जनगणतन्त्रमा जुटौं भनेर आग्रह गरेका हौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको