६ आश्विन २०८०, शनिबार

रारा जाने छोटो बाटो निर्माण गर्दै छायाँनाथ नगरपालिका



१३ भाद्र, काठमाडौं । प्राकृतिक सुन्दरताको मानक, रोमाञ्चक पर्यटकीय गन्तव्य मध्येको केन्द्र कर्णाली प्रदेशको मुगु जील्लामा रहेको नेपालको सबैभन्दा ठुलो रारा तालको तस्वीर देख्ने बित्तिकै हरेक मनहरूलाई त्यहाँ पुगु पगु लागिहाल्छ । पर्यटन क्षेत्रको राष्ट्रिय वृत्तमा मात्रै होइन अन्तरराष्ट्रिय वृत्तमा समेत रारा परिचित नाम हो ।

भौगोलिक दृष्टिले विकट र पूर्वाधार पर्याप्तताको हिसाबले दुर्गम जिल्ला मुगुको उच्च भूभागमा पर्ने रारा ताल पुग्न भने पक्कैपनि सजलो छैन । समुन्द्री सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित रारा ताल पुग्न मुगुको गमगढी विमानस्थलबाट १२ किलोमिटर गाडिको यात्रा पार गर्नुपर्छ ।

यहिबीचमा रारा छायाँनाथ नगरपालिका भित्र पर्ने पर्यटकीय गन्तव्य रारा ताल जोड्ने छोटो सडक मार्ग निर्माण कार्यले तिव्रता पाएको छ । नगरपालिकाले गमगढीस्थित तलितुमदेखि माथितुम हुँदै पासाहाल्नसम्म ७ किलोमीटर सडक निर्माण कार्य थालनी गरेको हो ।

अहिले निर्माण भइरहेको छोटो सडक मार्ग सम्पन्न हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई गमगढी बजार आउन र रारा जान धेरै सजिलो हुने नगरप्रमुख हरिजङ्ग शाहीले बताए । नगरप्रमुख शाहीले भने, ‘पहिला घुमेर जानुपर्ने अवस्था थियो । यो सडक मार्ग निर्माण भएपछि सहजरूपमा छिटो पुगिनेछ ।’

रारा जोड्ने उक्त सडक मार्ग निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ मा ५ लाख, ०७५/७६ मा २० लाख र गत आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिसकेको छ ।

नयाँ सडक निर्माण कार्यले तिब्रता पाएपछि स्थानीयबासी पनि उत्साहित छन् । सडक छेउमा होटल, पसल, कटेजलगायतका व्यवसाय सञ्चालन गर्न पाइने भएकाले जीवन निर्वाह सहज हुने उनीहरूको विश्वास छ ।

यो मार्ग सम्पन्न भएपछि रारा भित्रिने पर्यटकहरूको संख्या पनि बढ्ने अपेक्षा नगरपालिकाको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको