२३ जेष्ठ २०८०, मंगलवार

ललिता निवासमा भएका टहरा हटाउन निर्देशन



१२ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवासको जग्गाभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिएको छ । बुधरबार मन्त्रालयले विज्ञप्ति जारी गरेर मन्त्रिपरिषद्को निर्णयबाट घर टहरा हटाउन निर्देशन भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वालुवाटारस्थित ललिता निवास क्‍याम्पभित्रका केही जग्गाहरुमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्‍न विवरणका जग्गाहरुमा नक्सा पाससम्बन्धी कार्य नगराउने व्‍यवस्था मिलाउन र कानून विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्‍यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शिवमाया तुम्बाहाङ्फेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् । यता, मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको