१ आश्विन २०७८, शुक्रबार

धारिलो हतियार प्रयोग गरेर छोराले गरे बाबुको हत्या



११ चैत, सुर्खेत । सुर्खेत गुर्भाकोट नगरपालिका एक जनाले धारिलो हतियार प्रयोग गरे बाबुको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका वडा नं. ६ मुकारेका ६० वर्षीया नन्दराम वलीको उनका छोरा लोकेश वलीले हत्या गरेका हुन् ।

आफ्नै घरको बाहिर बरण्डाको खाटमा सुतिरहेको बाबुको छोरा लोकेशले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन चन्द ठकुरीले जानकारी दिए । ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको र छोरालाई नियन्त्रणमा लिएका छौं ।’ उनले भने,‘छोराले बाबुको हत्या गर्नुको कारणबारे खुलेको छैन् ।’

त्यस्तै, सुर्खेत लेकबेशी नगरपालिका–६ सात्तलेमा पाहुना बस्न गएको ७५ वर्षीया पदमबहादुर रास्कोटीको सुतीरहेको ठाउँमा नै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको