१९ मंसिर २०७९, सोमबार

दैलेखको एक विद्यालयका सयौं विद्यार्थी बिरामी



११ चैत, दैलेख । दैलेखको एक विद्यालयका सयौं विद्यार्थी बिरामी परेपछि विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । दैलेखको नारायण नगरपालिका वडा नंं. ५ धिताहस्थित नवदुर्गा निम्न माध्यमिक विद्यालयका सयौं विद्यार्थी बिरामीले परेका छन् ।

विद्यालयमा अध्ययन गर्ने बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेका छन् ।
ज्वरो आउने, रिङ्गटा लाग्नेलगायत लक्षण देखिएको र विद्यालयमा अध्यायन गर्ने सयौं विद्यार्थी विरामी परेको विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले बताए । ‘आइतबार करिब १५०, सोमबार करिब १०० र मंगलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।’ उनले भने, ‘विद्यालय विद्यार्थी विरामी पर्नुको कारण के हो । त्यो अहिलेसम्म पनि खुल्न सकेको छैन् ।’

विद्यालयमा एकैचोटि धेरै संख्यामा विद्यार्थी बिरामी भएको खबर आएपछि डा. विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धिरराज रेग्मीले बताए । उनले भने, ‘यो कुनै महामारी नभई भाइरल ज्वरो हो । यसबाट आतिन जरुरी छैन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको