२१ मंसिर २०७९, बुधबार

फेरि बढ्यो खाने तेलको मूल्य



११ चैत, काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायीहरुले उपभोक्ताबाट खाने तेलमा मनपरी मुल्य असुल्ने गरेका छन् । उद्योगी व्यवसायीले सातादिनमै खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ मुल्य बढाएर उपभोक्तालाई ठग्ने काम गरेका छन् ।

साता दिनअघि प्रतिलिटर २ सय १५ रुपैयाँमा पाइने सूर्यमुखी तेलको मुल्य अहिले २ सय ३० देखि २ सय ३५ रुपैयाँ राखिएको छ । बजारमा पाइने सबै जस्तो खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ बढाएका छन् ब्यापारीले ।

नेपाल खुद्रा व्यापारसंघ अध्यक्ष राजकुमार श्रेष्ठले साता दिनमै सबै प्रकारको खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ बढेको बताए । थोक व्यापारीले नै १५ देखि २० रुपैयाँ बढी मुल्य लिने गरेको उनको भनाई छ । महिना दिन अघिको उत्पादन भएको तेलमा पनि थोक व्यापारीले मुल्य बढाएर बजारमा पठाएको उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठले दशै यता मात्र तेलमा उद्योगी र थोक व्यापारीको मिलेमतोमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँ बढाएको जानकारी दिए । ‘राज्यको निग्रानी नहुँदा उद्योगी व्यापारीले मनपरी मुल्य बढाएका हुन् ।’ मुल्य बढ्दाको आम आम उपभोक्ताको भान्सा महंगो हुन्छ । उपभोक्ता रुष्ट छन् । अध्यक्ष श्रेष्ठका अनुसार खुद्रा उपभोक्ता गाली भने खुद्रा व्यापारीले मात्रै खान्छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको