६ आश्विन २०८०, शनिबार

सज्जाले रचिन् इतिहास, बनिन नेपाल आइडल सिजन–३ की विजेता



१२ भाद्र, काठमाडौं । नेपाल आाइडलको अडिशन राउण्डमा सविन राईको ‘तिमि नै हौ’ गीत गाएकी थिइन् सज्जा चौलागाईंले । मनदेखी निर्धक्क निस्किएको गह्रौं महिला आवाजले सविन राइको गीत गाउदा कहिँ कतै पनि बिझाएको अनुभुति भएन । जुन गीतलाई नेपाल आइटल टिमले प्रोमो बनाएको थियो । निर्णायकले देखेजस्तै हामीले पनि त्यो आवाजमा त्यतिखेरै ठुलो सम्भावना देखेको थियौं ।

अडिशन राउण्डमा सविन राइको गीत गाएकी तिनै सज्जा चौलागाईंले नेपाल आइडलको स्टेजमा लोक शैलिदेखि स्वरसम्राट नारायण गोपालसम्मका गीतहरू न्यायोचित ढंगले प्रस्तुत गरिन् । सुर, ताल, लय र भावनाको समिश्रम हो गीत । यि चार वटै संगीतका आधारभुत मान्यतामा डुबेर गाउने सज्जा नेपाल आइडल सिजन–३ कि विजेता बेनेकी छन् । शुक्रबार राति मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

विजेता घोषित भएसँगै पुरस्कारस्वरूप सज्जाले नगद ५० लाख रूपैयाँ जितेकी छन् । त्यस्तै प्रतिस्पर्धी प्रवीण बेडुवाल दोस्रो र किरण भुजेल तेस्रो स्थान हासील गर्न सफल भए । पुरस्कारस्वरूप प्रवीणले १० लाख र किरणले ५ लाख नगद जित्न प्राप्त गरेका छन् ।

विश्वचर्चित फ्रेन्चाइज गायन प्रतिस्पर्धा नेपाल आइडलको फाइनलमा महिला कन्टेस्टेन्ट पुगेपनि यसअघि विजेता भने बन्न सकेका थिएनन् । यस हिसाबले हेर्दा पनि सज्जाले चैन ब्रेक गरिदिएकी छन् । इतिहास रचिएको छ सज्जाको नाममा ।

विश्व नै कोरोना महामारीसँग लडिरहदा नेपालमा संक्रमण र मृत्युदर दुबै बढिरहेको छ । अझ काठमाडौं उपत्यका कोरोनाको केन्द्र नै बन्ने देखिएपछि गत बिहिबारदेखि लागु गरिएको निषेधाज्ञा फेरी थप गरिएको छ । यो प्रतिकुल अवस्थाकाबीच भिडियो सन्देशमार्फत अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् । नेपाल आइडल निर्माण टोलिकै १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भिडियोमार्फत विजेता घोषणा गरिएको हो ।

विभिन्न माध्यमबाट दर्शकले दिएको भोट र निर्णायकहरूको मुल्यांकनको आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ । सज्जाको जित महिला शसक्तिकरणको ज्वलन्त उदाहरण पनि हो । उनको सरल व्यक्तित्व, गायकी र आवाज पनि वास्तवमै सशक्त छ । भनिन्छ नि सफलताको शिखर चम्नु भन्दा महत्वपूर्ण कुरा शिखरमा टिकिरहनु हो । बधाई सज्जा ।

नेपाल आइडल सिजन–३ को अन्तिम प्रस्तुति यहाँ हर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको