२० मंसिर २०७८, सोमबार

पूर्वमन्त्री बाँस्कोटा पत्रकार महासंघको सक्रिय सदस्य



११ चैत, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको सदस्य रहेको खुलेको छ ।

महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो ।

बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

बास्कोटाको नाम मतदाता सूचीको दोस्रो नम्बरमै छ । एमाले अध्यक्ष केपी ओली निकट पूर्वमन्त्री बास्कोटाको नाम पनि महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यो विषयमा चर्चा सुरु भएको छ ।

कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

पूर्व पत्रकारसमेत रहेका बास्कोटा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको