१६ आश्विन २०८०, मंगलवार

मास्क नलगाई हिँड्नेमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन



११ चैत, काठमाडौं । आमसर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमूना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलवार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको