९ आश्विन २०८०, मंगलवार

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



१० चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी को आईपीओमा आजदेखि आज अन्तिम दिन रहेको छ । आईपीओमा आवश्यक भन्दा बढी आवदेन आएपछि आज बैंकिङ समय पश्चात निष्काशन बन्द गर्न लागिएको हो ।

आज साँझ ५ बजेसम्म मात्र उक्त कम्पनीको आईपीओमा आवेदन दिन सकिने छ ।
कम्पनीले सर्वसधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले गत शुक्रबारदेखि प्रतिकित्ता रु। १०० को दरमा २९ लाख कित्ता अर्थात् २९ करोड रुपैयाँको शेयर निष्काशन गरेको हो ।

त्योअनुसार कम्पनीले रु।२९ करोड बराबरको आईपीओ निष्काशन गरेको थियो । आईपीओको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको