१२ आश्विन २०८०, शुक्रबार

स्ववियू चुनाव जेठ ३० सम्म हुने



१० चैत, काठमाडौं । विभिन्न माग राखेर रिले अनशनमा बसेका नेपाल विद्यार्थी संघ विश्वविद्यालय समिति र त्रिभुवन विश्वविद्यालयबीच ६ बुँदे सहमति भएको छ ।

अनशनको ४८औँ दिनमा विद्यार्थी संगठनबीच सर्वपक्षीय छलफल गरी आगामी ३० जेठसम्ममा स्ववियु चुनाव गर्नेलगायतका सहमति भएको हो । २५ चैतभित्र सर्वपक्षीय छलफलको आयोजना गर्ने र ३० जेठसम्ममा चुनाव सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिकातर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् । विगतमा त्रिवि र नेविसंघबीच भएका सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदाहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने, समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्न आवश्यक छलफल र परामर्श गरी दुई महिनाभित्र राय सुझाब पेस गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

त्यसैगरी, कोभिड–१९ का कारण ढिलो गरी सञ्चालित परीक्षाहरूको नतिजा यथाशीघ्र प्रकाशित गर्न र त्रिविको शैक्षिक क्यालेन्डरको कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनेलगायतका सहमति भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको