२१ जेष्ठ २०८०, आईतवार

विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु



१० चैत, दाङ । तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान पब्लिक ज्ञान ज्योति माविको बस दुर्घटना हुँदा अस्मिता डागी र किरण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।

अस्मिताको घटनास्थलमा र किरणको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको उनले बताए।

तुलसीपुर उपमहानगरपालिका– १५ कोठरीमा प्लस टूका विद्यार्थी ल्याएर बजारतर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो । दूर्घटनामा १५ जना जना घाइते भएका छन् । घटनाका घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको