आज संसद् बैठक, यी हुन् सम्भावित कार्यसूची
१० चैत, काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
पुनर्स्थापनायता आज प्रतिनिधि सभाको पाँचौं बैठक बस्न लागेको हो । त्यसका लागि सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।
जसअनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन् ।
यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ।