शुक्रबार ९ सय २७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
१२ भाद्र, काठमाडौं । शुक्रबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९ सय २७ जना नयाँ संक्रमित थपिएका छन् ।
आज मृत्यु भएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८५ पुगेको छ । आज थपिएका ९२७ सहित शुक्रबार जम्मा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतले बताए ।
त्यस्तै २४ घण्टाभित्र ९ सय ६९ जना निको भई घर फर्किएको प्रवक्ता गौतमले बताए । मन्त्रालयका अनुसार हालसम्म २० हजार २ सय ४२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
आज देशभर १० हजार २९ जनाको पिसिआर परिक्षण गरिएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर परिक्षण गरिएको छ ।