१३ आश्विन २०८०, शनिबार

माओवादी केन्द्रले बोलायो बिहानै स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेन्डा



१० चैत, काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । मंगलबार बिहान साढे ८ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । सर्वोच्च अदालतले एकीकृत पार्टी नेकपा अवैधानिक रहेको भन्दै २३ फागुनमा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा रहेको फैसला सुनाएपछि दुई दल अलग–अलग भएका छन् ।

अलग भएपछि माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्दै आएको छ । तर, समर्थन भने फिर्ता लिएको छैन ।

यसअघि ५ पुसमा प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि माओवादी केन्द्र र एमालेको माधव नेपाल खेमाका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

राजीनामा नदिएकासहित थप माओवादी नेताहरूलाई पछि ओलीले मन्त्री बनाएका थिए भने पार्टीको जिम्मेवारीसमेत तोकेका छन् । नयाँ सरकार गठनको प्रयास गरिरहेको माओवादी केन्द्रले सोमबार बोलाएको बैठकमा यसै विषयमा छलफल हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको