६ आश्विन २०८०, शनिबार

युवती बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी पक्राउ



९ चैत, रुपन्देही । १९ वर्षीया युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीमा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश चौधरीलाई १९ वर्षीया युवतीलाई बलात्कार र हत्या प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारपछि झोलाको फित्ताले केहीबेर घाँटी कसेपछि बेहोस भएकी युवतीको मृत्यु भएको ठानेर नजिकैको खाडलमा फाली चौधरी फरार भएको दाबी पीडितको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुदालीका अनुसार पीडित युवतीकी आमाले प्रहरीमा जाहेरी दिएपछि चौधरी पक्राउ परेका हुन् । प्रहरीले जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।

प्रहरीमा परेको जाहेरीमा शनिबार बिहान करिब ५ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएकी ती युवतीलाई चौधरीले बलात्कारपछि हत्या प्रयास गरेका थिए । फरार रहेको अवस्थामा आइतबार रुपन्देहीबाट प्रहरी जवान पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले अदालतबाट पाँच दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको