२० श्रावण २०७८, बुधबार

०७८ मा थपियो बिदा, यी चार्डपर्वमा सार्वजनिक बिदा दिने निर्णय



९ चैत, काठमाडौं । सरकारले ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ ।

सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । आइतबार सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिए ।

गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । विभिन्न जनजातिले आफूहरूको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु