१७ श्रावण २०७८, आईतवार

हवाई भाडा फेरि बढ्यो



८ चैत, काठमाडौं । हवाई इन्धनको मूल्य बढेको कारण देखाउँदै ​आन्तरिक उडानमा रहेका सातवटा नेपाली वायुसेवा कम्पनीले एक महिनामा तीन पटक भाडा बढाएका छन् ।

हेलिकप्टर र वायुसेवा कम्पनी गरी १८ वटा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडाअन्तर्गत फ्युल चार्जमा ९० रुपैयाँसम्म वृद्धि गरेको छ । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेकाले सोही अनुपातमा स्वचालित प्रणालीअनुसार हवाई भाडा वृद्धि गर्नुपरेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले यसअघि फागुन २१ मा हवाई भाडाअन्तर्गत फ्युल चार्जमा २ सय २० रुपैयाँसम्म बढाएको थियो । त्यसअघि फागुन ८ मा पनि संघले आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेको कारण देखाउँदै अधिकतम ९० रुपैयाँसम्म हवाई भाडा बढाएको थियो । आयल निगमले प्रतिलिटर हवाई इन्धनमा २ रुपैयाँ बढाएकाले हवाई भाडामा फ्युल चार्ज वृद्धि गर्नुपरेको संघले जनाएको छ ।

वायुसेवा कम्पनीहरूले आयल निगमले हवाई इन्धनको भाडा थपघट गर्दा त्यसैका आधारमा फ्युल चार्जमा पनि थपघट गर्ने स्वचालित प्रणाली लागू गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु