२० श्रावण २०७८, बुधबार

विमानमा अभिनेता सोनु सुदको फोटो टाँसिनुको रहस्य यस्तो छ



८ चैत, एजेन्सी । भारतीय एयरलाइन्स कम्पनी स्पाइस जेटको बोइङ ३७३ विमानमा सोनु सुदको फोटा टाँसिएको छ।

वास्तवमा सोनु सुदको समाज सेवाको उच्च सम्मान गर्दै स्पाइस जेटले सोनु सुदको फोटो आफ्नो ठूलो विमानमा टाँसेको जानकारी दिएको छ।

सोनुले कोरोना प्रकोपका बेला भारतका गरिब, मजदुरहरुको हितका लागि उल्लेखनीय काम गरेका थिए। उनले लकडाउनका कारण घर जान नपाएका र खान नपाएकाको मद्दत गरेका थिए।

सो क्रममा उनको चर्चा यसरी चुलियो मानिसहरुले ‘जसलाई भागवानले साथ दिँदैन त्यसलाई सोनु सुदले साथ दिन्छ’ भन्ने नारा लगाउन थालेका थिए।

स्पाइस जेटको विमानमा ‘सेभियर सोनु सुद’ अर्थात् सोनु सबैका उद्धारकर्ता हुन् भनेर लेखिएको छ।

हाल सोनुले यस्तै गरिबी, अभाव र भोकमरीको चपेटामा परेकाको सहयोग गरिरहेका छन्। भारतमा मात्र नभएर सोनुको विश्वभर चर्चा चुलिएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु