१ आश्विन २०७८, शुक्रबार

मोटरसाइकलमा सवार आमा छोरालाई टिपरले दियो ठक्कर



८ चैत, भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शनिबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोलमा बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५९ वर्षीया एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका ११ घर भइ काठमाडौंको हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्की रहेकी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी छोराले चलाएको मोटरसाइकलमा सबार थिइन्।

दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सामान्य घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको