एक शैक्षिक सत्र खेर जाँदैमा केहि फरक पर्दैन कि !

थिरबहादुर थापा
१२ भाद्र २०७७, शुक्रबार
कुनै प्रकारको प्रतिकुलताका कारण कुनै न कुनै किसिमले खेर जाने लाखौं विद्यार्थी भएको देश र शिक्षाको उच्चतम् स्तर प्राप्त गरेको वर्ग समेत निरूपाय, निरिह एवम् स्वत्वहिन जीवन बाँच्न अभिसप्त हुने यो देशमा बालबालिकाको स्वास्थ्यमा सम्झौंता गर्दै ‘लौन पढाई बर्बादै भयो’ भन्ने रोइलो मच्चाउनुको के अर्थ होला ? बरु आफूसँगै भएका बालबालिकाहरूलार्ई सुरक्षित गर्दै जीवन मूल्य मानवोचित व्यवहार र सिर्जनाका व्यापक आयामहरूसँग परिचित गराउँदै घर नै एउटा बच्चाको महान पाठशाला हो र बाबु–आमा नै निजका महान गुरु हुन् भन्ने सत्यलार्ई अँगाली अझै केहि समय घरमै बस्ने कि ?
समयको यो खास परिस्थितिमा लामो अवधि विद्यालय जाने केटाकेटीलार्ई घरमै झेल्नु पर्दा अधिकतर अभिभावक दिक्क हुनु स्वभाविकै हो । ‘विद्यालय कहिले खुल्ने होला सर ? वाक्क लागिसक्यो’ भनी सोध्ने र ‘विद्यालय खोलेपनि यो खतरनाक मौसममा केटाकेटी त पठाउनसकिन्न सर’ भनी तर्सिने अभिभावकको सङ्ख्या लगभग बराबरै देखिन्छ ।
‘बच्चाको भाग्य र भविष्यको ठेक्का हामी लिन्छौं’ भनी च्याखे थापी बसेका वैस्यपन्थी विद्यालय र गुणस्तरीय शिक्षाको अवधारणा र अभ्यास ‘अन्यत्र यही र यस्तै छ यहाँ पनि त्यही हुनुपर्छ’ भन्दै आफ्नो खोपडी नचलार्ई अरूको गिदीबाट नीति, नियम र पाठ्यक्रम बनाउने शासक, प्रशासक र विज्ञ भएको मुलुकमा हुने पनि यहि हो । भ्रम, अन्योल र अनिर्णय अनि अन्ततः दुस्परिणाम !
असल शिक्षा के हो ? भन्ने भेउ पाउन नसकेका हाम्रा आम अभिभावक, पाठ्यवस्तुमा आफै स्पष्ट नभई पढाइदिने चेष्टा भएका शिक्षक, ‘बच्चाको भाग्य र भविष्यको ठेक्का हामी लिन्छौं’ भनी च्याखे थापी बसेका वैस्यपन्थी विद्यालय र गुणस्तरीय शिक्षाको अवधारणा र अभ्यास ‘अन्यत्र यही र यस्तै छ यहाँ पनि त्यही हुनुपर्छ’ भन्दै आफ्नो खोपडी नचलार्ई अरूको गिदीबाट नीति, नियम र पाठ्यक्रम बनाउने शासक, प्रशासक र विज्ञ भएको मुलुकमा हुने पनि यहि हो । भ्रम, अन्योल र अनिर्णय अनि अन्ततः दुस्परिणाम !
महामारी भनिएको चिज वास्तविक जस्तै छ, भने स्कुलेहरू घरमै थन्किनु बाध्यता जस्तै । यो बीचमा देखा पर्न आँटेको शैक्षिक सत्र खेर जान सक्ने आसन्न अवस्था प्रति को कति जिम्मेवार भई लागी परेको छ होला ? सरकारलार्ई त अपूर्व अमनचैन प्राप्ति भए जस्तै प्रतित हुन्छ । काम गरी हाल्ने परिस्थिति छैन भन्यो । ढुक्क भैगो । सरकारी दाना खाने विद्यालय र तिनका शिक्षकलार्ई दाना–पानी दुवै मिलेकै छ । अर्को ढुक्क ! अब रहे वैश्य वृत्ति अपनाएका विद्यालय । तिनको कोकोहोलो रोचक छ । बालबालिकाको पढ्ने अधिकार प्रति ती अभुतपूर्व रूपमा भावुक भएर बौलाउन मात्र बाँकी छ । हाम्रो आफ्नै विशिष्ट अवस्थामा यो प्रतिकुलतालार्ई चिर्दै अगाडि बढ्ने बारे के कस्ता सरकारी र सामाजिक रणनीति तय गर्नु पथ्र्यो तर स्थिति के रह्यो र हुँदैछ ? भन्ने सवाललार्ई पुरै नजरन्दाज गर्दै यो गन्थनलार्ई शीर्षकमा केन्द्रित गरौं होला ।
एउटा शैक्षिक सत्र खेर जाँदैमा एउटा विद्यार्थी जिन्दगीमा के कति घाटा बेहोर्नु पर्छ होला ? यो प्रश्नलार्ई हाम्रो सन्दर्भमा शिक्षाको राष्ट्रिय यथार्थसँग जोडेर प्रगेल्न उपयुक्त होला । बालबालिकाको स्वास्थ्य सुरक्षा प्रतिको सम्वेदनशिलता बारे अन्यथा अर्थ नलागोस् । बालबालिकाको स्वस्थ्यको मुल्यमा कुनै सम्झौंता हुन सक्दैन । केही अपवादजन्य दृष्टान्तलाई सामान्यीकरण गरी नबुझ्ने हो भने (अपवादको सिद्धान्त अब उप्रान्त उठ्ने विविध सन्दर्भहरूमा समेत बरोबर लागु हुने गरी) हाम्रो शिक्षा व्यवस्था आज पर्यन्त निरन्तर चलेकै हो र यसले गरेको शैक्षिक उत्पादनको गुणस्तरियता पनि देखिएकै हो । बस्तुतः आजसम्म हाम्रा विद्यालय र विश्वविद्यालयले उत्पादन गरेको मान्छे बेकार छ ।
विद्यालय र विश्वविद्यालयले भिडाइदिएका एक–एक थान मार्कसिट र सत्चरित्रताको प्रमाणपत्रका आधारमा सरकारी, गैह्र सरकारी जागिर पाई गरीखाने मेलो मिलाएका केही भग्यमानीहरू (केही अपवाद बाहेक) नै सबैभन्दा बढी शोषक, परपीडक र भ्रष्ट छन् । कतिपय पढेलेखेका अभागीहरू जेल सजाय भोग्दैछन् । बाँकी असङ्ख्य प्रमाणपत्रधारी मनुवाहरू कि बेरोजगार, बिरक्त, असामाजिक, एकलकाटे, अन्यौलग्रस्त वा अन्यमनस्क स्थितिमा छन् कि आत्मकेन्द्रित, स्वार्थ, अहङ्कारी, सामन्ती सोंचयुक्त र चाकडीवाज छन् । त्यही विशाल वृत्तभित्र ठुलै सङ्ख्यामा नौटङ्कीवाज, नक्कली, हुल्याहा र अपराधी समेत ठुलो मात्रामा छन् भने एउटा अन्तहिन मानव लर्को पलायनमूखी, परनिर्भर, चरम सुविधाभोगी र कृतघ्न छ र परिस्थिति सहज हुनासाथ कहिल्यै नफर्किने गरी परदेश भासिने मनस्थितिमा भिसा जप गरी बसेको छ । यसरी मुलतः प्रतिउत्पादक जिनिस सिवाय अरू केही दिन नसकेको हाम्रो विद्यालय र विश्वविद्यालयको एक शैक्षिक सत्र खेर जाँदा आकासै खसिहाल्ला त ?
सर्वेक्षणले भन्छ कक्षा १ मा भर्ना हुने सबै बालबालिका मध्ये करिब ७० प्रतिशतले मात्र माध्यमिक तहको परीक्षा दिन्छन् । करिब ३० प्रतिशत बालबालिका विद्यालय शिक्षाको बिचमै नियतिका अनगिन्ती परिवन्दहरूले खेर जान्छन्, हराउँछन् । माध्यमिक तहको परीक्षा दिने मध्ये करिब ५० प्रतिशतले मात्र उत्तिर्ण गर्छन् (अहिले सबैलाई शत प्रतिशत नै उत्तिर्ण मान्नु पर्ने काकताली सुझाइएको भए पनि) अनि बाँकी ५० प्रतिशतको कुनै न कुनै रूपमा खेर जाने दुर्भाग्य आइलाग्छ र ती सम्भवतः भारत वा खाडीतिर जल्दोजाग्दो उमेरको श्रमदान गर्न भासिन्छन् ।
सर्वेक्षणले भन्छ कक्षा १ मा भर्ना हुने सबै बालबालिका मध्ये करिब ७० प्रतिशतले मात्र माध्यमिक तहको परीक्षा दिन्छन् । करिब ३० प्रतिशत बालबालिका विद्यालय शिक्षाको बिचमै नियतिका अनगिन्ती परिवन्दहरूले खेर जान्छन्, हराउँछन् । माध्यमिक तहको परीक्षा दिने मध्ये करिब ५० प्रतिशतले मात्र उत्तिर्ण गर्छन् (अहिले सबैलाई शत प्रतिशत नै उत्तिर्ण मान्नु पर्ने काकताली सुझाइएको भए पनि) अनि बाँकी ५० प्रतिशतको कुनै न कुनै रूपमा खेर जाने दुर्भाग्य आइलाग्छ र ती सम्भवतः भारत वा खाडीतिर जल्दोजाग्दो उमेरको श्रमदान गर्न भासिन्छन् । माध्यमिक परीक्षा पार लगाउने मध्येका आधाउधीभन्दा बढीले बाबु–आमासँग जिद्दी गरेर सहर बजारका महङ्गा सस्ता कलेज पढि टोपल्छन् । हजारौंको सङ्ख्यामा यही बीचमा पनि खेर जान्छन् पारिवारिक, सामाजिक र आर्थिक आदि कारणले ।
कलेज पास गरी टोपल्ने मध्येका प्रायः सबै बिहान काठमाडौंको सङ्कटा मन्दिरको ७ चोटि प्रदक्षिणा गरी न्युरोडमा डिभी भर्नेहरूको लामो लाइनमा बस्छन् । त्यसबाट पार नलाग्ने खास खास वर्गका जिनिसहरू सहर्ष पारिवारिक समन्वयमा लगभग नफर्किने र बेला–बेला बा–आमा उतै बोलाई विदेशाटन गराउने गरी अमेरिका युरोप तिर जाने बोइङ चड्दछन् । बाँकी मध्येका आधाउधी कोरियन, जापानी र हिब्रु भाषा पाठशाला भर्ना हुन्छन् आफ्नो भाषाले जीवन ठेगान नलाउने देखेर । कलेज उत्तिर्ण मध्येका लगभग एक चौथाई विद्यार्थी विश्वविद्यालय पढ्ने जमर्को उठाउँछन् । यीह बीचमा माथिका कुनै पनि विशेष अवसर नपाउने बचेखुचेकाहरू विषय जे पढेको भएपनि फेरि बाबु–बाजेकै पेसा कृषि, बन्द व्यापार आदि वा जालसाची, राजनीति, ठेकादारी, गुन्डागिरी, चाकरी, दलालीजस्ता भटाभटा प्रगति हुने मेसो तिर लाग्छन् ।
विश्वविद्यालय तिर खुट्टा उठाएका मनुवाहरू अनेकौं बर्ष कतै निजी विद्यालय पढाएर त कतै होम ट्युसन पढाएर कडा परिश्रमका साथ दिक्षान्त समारोहसम्म सरिक हुन भ्याउँछन् र फेरि विश्वविद्यालयले भिडाइदिएको एक थान प्रमाणपत्र सगौरव बोकेर रुमानी अभिमानका साथ बजारमा निस्किन्छन् र स्वाभिमान सहितको देशभक्तिपूर्ण सम्मानजनक कर्म थलो माग गर्न थाल्छन् । जब सम्पूर्ण बजार माफिया, दलाल, विचौलिया, डन, बेइमान ठेकादार र व्यापारी, भ्रस्ट नेता र तीनका नातावाद अनि कुशासनले कब्जा गरेको देख्छन् र आफ्नो ज्ञान, सिप र क्षमताले केहि ननाप्ने निष्कर्ष मा पुग्छन् । अनि बाँकी रहन्छन् जम्मा जम्मी ३ वटा विकल्पः कि आज पर्यन्त कमाएको शैक्षिक प्रमाणपत्र सहितको स्वाभिमान र आत्मविश्वासलार्ई प्रमाणपत्रसँगै बाकसको भित्री चेपमा थन्क्याएर कसैको कृपामा पाएको स्वत्वहिन नौकरी गर्ने, कि मलाई यो थाह छ ऊ थाह छ भनी दुनियाँलाई नमागेका अन्टसन्ट उपदेश दिँदै हिँड्ने वा पछुताउँदै परदेशको भिसा आवेदन गरी ‘उच्च शिक्षाका लागि जान लाको’ भन्दै ङिच्च गर्दै बस्ने ।
यसरी प्राथमिक कक्षादेखि विश्वविद्यालय स्तरसम्मको शैक्षिक यात्राको दौरान विभिन्न बर्षमा र विभिन्न तहमा कुनै न कुनै प्रकारको प्रतिकुलताका कारण कुनै न कुनै किसिमले खेर जाने लाखौं विद्यार्थी भएको देश र शिक्षाको उच्चतम् स्तर प्राप्त गरेको वर्ग समेत निरूपाय, निरिह एवम् स्वत्वहिन जीवन बाँच्न अभिसप्त हुने यो देशमा बालबालिकाको स्वास्थ्यमा सम्झौंता गर्दै ‘लौन पढाई बर्बादै भयो’ भन्ने रोइलो मच्चाउनुको के अर्थ होला ? बरु आफूसँगै भएका बालबालिकाहरूलार्ई सुरक्षित गर्दै जीवन मूल्य मानवोचित व्यवहार र सिर्जनाका व्यापक आयामहरूसँग परिचित गराउँदै घर नै एउटा बच्चाको महान पाठशाला हो र बाबु–आमा नै निजका महान गुरु हुन् भन्ने सत्यलार्ई अँगाली अझै केहि समय घरमै बस्ने कि ?
(लेखक थापा सैनिक आवासीय महाविद्यालय सुर्खेतका प्रिन्सिपल हुन् ।)