१९ जेष्ठ २०८०, शुक्रबार

कुखुराको मासुको मूल्य यसकारण बढ्यो



८ चैत, काठमाडौं । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै अहिले प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको छ ।

मासु व्यवसायी संघले ३ सय ९० रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले प्रतिकिलो ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । अहिले कुखराको उत्पादन घट्नुका साथै कुखुरालाई खुवाइने दानाको मूल्यसमेत बढेकाले मासुको मूल्य बढेको बताइएको छ ।

मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसिले मासुको मूल्य बढ्नुमा कुखुराको उत्पादन घट्नु नै प्रमुख कारण भएको बताए । उनका अनुसार हाल कखुराको उत्पादन ४० प्रतिशतले घटेको छ ।

बन्दाबन्दीका समयमा नेपाली कुखुरा व्यवसायीले विदेशबाट माउ (प्यारेन्ट) चल्लाको आयात गर्न नसक्दा चल्ला उत्पादन घटेकाले तयारी कुखुराको उत्पादनसमेत घट्न गएको हो ।

नेपालमा दैनिक ५ लाख किलो मासुको माग हुन्छ । काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो मासुको खपत हुने गर्छ । तर, मासुको उत्पादन भने ४० प्रतिशतसम्म घटेको बताइएको छ ।

उत्पादन घटेर चल्लाको अभाव बढ्दै गएपछि बोइलर चल्लाको मूल्यसमेत बढेको छ । प्रतिचल्ला ७० रुपैयाँबाट ९५ रुपैयाँ सम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेर्यस चल्लाको मूल्य अहिले १ सय ७० रुपैयाँ पुगेको छ ।

ह्याचरी उद्योग संघका अनुसार अहिले बजारमा प्रतिहप्ता १७ लाख चल्लाको अभाव रहेको छ । प्रतिहप्ता ४५ लाख चल्लाको माग भए पनि हाल २८ लाख चल्लाको मात्रै उत्पादन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको