१४ मंसिर २०७९, बुधबार

ओली थप शक्तिशाली



७ चैत, काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय कमिटीले आफूसँग भएको समानुपातिक सांसद चयन गर्ने र हटाउने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले आफूसँग रहेको अधिकार संसदीय दलको विधान संशोधनमार्फत दलका नेता तथा अध्यक्ष ओलीलाई दिएको हो । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले केन्द्रीय कमिटीको बैठक बारम्बार बस्न सम्भव नभएकाले उक्त अधिकार ओलीलाई दिइएको बताए ।

‘कोही सांसद बित्नुभयो, त्यसको ठाउँमा अर्को सांसद पठाउनुपर्‍यो । निर्वाचन आयोगमा कतिले मुद्दा हाल्लान्, जवाफ दिनुपर्‍यो । अदालतमा मुद्दा हाल्लान्, त्यसको जवाफ दिनुपर्‍यो । त्यसका लागि अधिकार प्रत्यायोजन केपी ओलीलाई गरिएको हो’ मुख्य सचेतक भट्टराईले भने ।

यो अधिकार समानुपातिक सांसद हटाउन मात्रै नभएको भट्टराईको भनाइ थियो । उनले ह्वीप उलंघन गरेमा वा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो नआएमा सांसदका हटाउन पनि त्यो अधिकार प्रयोग हुने बताए ।

‘केन्द्रीय कमिटीले त्यस्तो अधिकार नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल हुँदै दिएको भट्टराईले बताए । अहिले चर्चा मात्रै बढी भएको उनको बुझाइ थियो । प्रचण्ड हुँदा नै उहाँलाई यस्तो अधिकार दिइएको रहेछ । त्यसै भएर उपनिर्वाचनमा उहाँकै हस्ताक्षरमा टिकट बाँडियो । राष्ट्रिय सभाको लागि पनि उहाँकै हस्ताक्षरमा टिकट बाँडिएको हो । विगतमा चर्चामा आएन । यो अन्यथा अधिकार होइन । अहिले हल्लाखल्ला भएको मात्रै हो’ भट्टराईको प्रष्टिकरण थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको