२१ मंसिर २०७९, बुधबार

झाँक्रीलाई स्पष्टिकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण



७ चैत, काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टिकरण सोधिने केन्द्रीय कमिटीको निर्णय फिर्ता भएको छ ।

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उनको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिए ।

‘झाँक्री लहलहैमा लागेर हिँडेको र उनलाई स्पष्टीकरण सोध्न वजज पुग्दैन’ भन्दै नाम हटाउन ओली तयार भएका हुन् ।

बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।

चार नेताहरूलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको