३१ भाद्र २०८०, आईतवार

‘भ्वोइस अफ नेपाल’को आकर्षणको केन्द्रमा बाजुराका धर्मेन्द्र सुनार (भिडियोसहित)



७ चैत्र, काठमाडौं । अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज गायन रियालीटी शो ‘द भ्वोइस अफ नेपाल सिजन–३’ मा सुदुरपश्चिमको विकट जिल्ला बाजुराका प्रतिभा धर्मेन्द्र सुनार आकर्षंणको केन्द्र बनेका छन् । शुक्रबार हिमालय टेलिभिजनबाट प्रशारण भएको पहिलो एपिसोडमा अन्तिम प्रस्तुति दिएका धर्मेन्द्र चार वटै निर्णायकको मन जित्न सफल भएका हुन् ।

गाउँमा नेट नभएकाले ८ घण्टाको बाटो हिँड्दै सदरमुकाम पुगेर भ्वाईस अफ नेपालको डिजिटल अडिशनका लागि गीत गाएर पठाएको सुनाएपछि निर्णायक तृष्णा गुरूङले आफुलाई सम्हाल्नै सकिनन् । उनी भक्कानिदै धरधरी रोइन् । अन्य निर्णायकहरू दिप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल पनि भावुक बने । धर्मेन्द्रले गाउँदै गर्दा दर्शकहरूले आशु पुछ्दै गरेको दृश्य पनि भिडियोमा हेर्न सकिन्छ ।

धर्मेन्द्र पनि स्टेजमै भक्कानिए पछि निर्णायकहरू प्रमोद खरेल र तृष्णा गुरूङ स्टेजमै गएर उनलाई हौसला दिएको दृश्य हामी देख्न सक्छौं । वरिष्ठ गायक दिप श्रेष्ठले पनि आधुनिक शैलिको देउडा गीतलाई हेरेक दृष्टिकोणबाट निभाएर गाएकोमा धर्मेन्द्रलाई बधाई एवम् शुभकामना दिए ।

धर्मेन्द्रले गायक जोसेफ शाही ठकुरीको स्वरमा रहेको देउडा शैलीको गीत ‘पियारी’ गाएका थिए । जोसेफकै शब्द रहेको यो गीतमा कोशिष क्षेत्रिको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । लाइमलाइट नेपाल युट्युव च्यानलमा यो गीतको पुरा भिडियो हेर्न सकिन्छ । गीतको भिडियोमा प्रकाश चन्द र सरस्वति फुयाँललगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।

भ्वोइस अफ नेपालमा दिएको आकर्षक प्रस्तुतिसँगै एकाएक धर्मेन्द्रको चर्चा चुलिएको छ । यट्युवमा पनि अधिकाँशले धर्मेन्द्रको प्रतिभाको तारिफ गरेका छन् । अनलाइन पत्रिकादेखि युट्युव च्यानलहरूमा धमाधम धर्मेन्द्रको बारेमा विभिन्न समाचार र भिडियोहरू तयार पारेर सार्वजनिक गर्न थालिएको छ ।

धर्मेन्द्रको प्रस्तुति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको